वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । सक्रिय राजनीतिमा हैसियतअनुसारको भूमिका नपाएकाले राजीनामा दिएको उनको भनाइ छ । राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

२०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार