केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनले जुन १ सम्मको अन्तरिक जमानत प्राप्त गरेका हुन्। सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए।

न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले सो आदेश दिएको हो। उनलाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो। केजरीवाल हाल तिहाड जेलमा छन्। उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार