कांग्रेस अहिलेको गठबन्धन भत्काउने चलखेलमा लागेको छ : दाहाल

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको शुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको आरोप लगाए।

सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताउँदै उनले नेपाली कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न काँग्रेसलाई आग्रह गरे।

‘यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ। यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र? सत्ता र सरकारलाई केही समय चल्न दिने होइन,’ उनले भने, ‘पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ। नेपाली कांग्रेसका साथीहरूलाई आग्रह गर्दछु। प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्नु होला।’

नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ति विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताए। सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंकामा लागेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार