मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौं : भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। सोमबार अपराह्र वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) ले फसेकाहरूको लागि रातभर उद्धार कार्य चलाएको हिन्दुस्तान टाइमले जनाएको छ। घटनामा कम्तीमा ७४ जना घाइते भएका छन् ।

एनडीआरएफका निरीक्षक गौरव चौहानले समाचार एजेन्सी एएफपीलाई भने,‘ भत्केको बिलबोर्डमुनि भित्र फसेकाहरूलाई उद्दार गर्न एक्साभेटरहरूले भग्नावशेषमा खनेपछि आठवटा शव निकालिसकेको छ। उनका अनुसार अझै चार जनाको शव भग्नावशेषमा पुरिएको छ ।हामीले फेला पारेका छौँ तर यो पेट्रोल पम्प भएकाले हटाउन नसक्दा अवस्था खतरनाक हुनसक्छ ।’

यसैबीच अध्यक्ष द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकरले मुम्बईको घाटकोपरमा भएको घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै होर्डिङ भत्किँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार