किन रातिमा दूध पिउनु हानीकारक मानिन्छ ? कतिबेला पिउने, कसरी पिउने…..

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौं  : दूध हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छ किनभने यसमा क्याल्सियम प्रशस्त हुन्छ। दूधमा क्याल्सियम र भिटामिन डी धेरै मात्रामा पाइन्छ। यसको सेवनले दिमाग तेजिलो र हड्डी बलियो हुन्छ । सबैभन्दा राम्रो कुरा के हो भने दूध पिउनाले तपाईलाई धेरै गम्भीर रोगहरूबाट बचाउँछ, त्यसैले मानिसहरू प्रायः आफ्नो आहारमा दूध समावेश गर्छन्। कसैलाई बिहान सबेरै दूध पिउन मन लाग्छ भने कोही सुत्नुअघि दूध पिउन रुचाउँछन्।

यदि तपाई आफ्नो बढ्दो तौलबाट चिन्तित हुनुहुन्छ र यसलाई घटाउने सोचमा हुनुहुन्छ भने राति दुध नपिउनुहाेस् । यस लेखमा हामी जान्नेछौं कि राति दूध पिउनाले वजन किन बढ्छ र दूध पिउने सही समय के हो?

राति दूध पिउँदा तौल बढ्छ, अपच हुन्छ

इन्डिया टिभीमा प्रकाशित समाचारका अनुसार दूधमा ठूलो मात्रामा ल्याक्टोज र प्रोटिन हुन्छ । त्यसैले यसलाई राती पिउनु सही मानिदैन । एक गिलासमा दुधमा कम्तिमा १२० क्यालोरी हुन्छ । जब तपाईं दूध पिउनुहुन्छ र सुत्नुहुन्छ, ती क्यालोरीहरू प्रयाेगमा अाउँदैन ।

यसकाे धेरै मात्रा पच्दा पनि पच्दैन । यदि तौल घटाउन चाहनुहुन्छ भने राति भुलेर पनि दुध नपिउनुहोस् ।

दूध पिउने सही समय कुन हो ?

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने राति दूध पिउनुको सट्टा बिहानको खाजामा दूध पिउनुहोस् । बिहान ९ देखि ११ बजेसम्म दूध पिउनु निकै फाइदाजनक हुन्छ ।

पाचन सम्बन्धी समस्या छ भने पनि राति दूध पिउनु हुँदैन । दूध मिलेसम्म खानासँगै र मनतातो मात्रै पिउनुहाेला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार