मेयर बालेन शाह फ्रान्स प्रस्थान

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुका साथै उनी विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्।

उनका निजी सचिवालयका अनुसार मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

१२ दिनसम्म चल्ने फेस्टिभलमा सहभागी हुन गएका मेयर शाह ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किनेछन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार