सिराहामा मध्यराति बम पड्काएर ४ घरमा लुटपाट, ५ जना घाइते

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : सिराहाको लहानमा मध्यराति बम पड्काएर चार घरमा लुटपाट भएको छ। सोमबार राति १२ बजेतिर लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर चार घरमा लुटपाट गरेका सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए।

चार घरबाट पाँच लाख रुपैयाँ लुटपाट भएको छ। घटनास्थलमा पड्किएको सुतली बम र एउटा नपड्किएको बुलेटको गोली प्रहरीले बरामद गरेको छ। स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट भएको हो। लुटेरा समूहले नगद र सुनचाँदीका गरगरहना लुटेर लगेका पीडितले बताएका छन्। यस्तै बमको छर्रा लागेर ५ जना घाइते भएका छन्।

घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले बताए। गम्भीर घाइते भएका योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ। घटनामा संलग्नहरुको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको पनि एसपी पण्डितले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार