बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन् । संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् । बाढीमा परि हजारौँ गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पु¥याएको बीबीसले जनाएको छ । प्रान्तीय राजधानी फिरोजकोहमा करिब २,००० पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएको बताइएको छ ।

प्रान्तको प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’को घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपील गरेको छ। प्रान्तीय गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको बताएका छन्। यो साता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परि तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए । लगातारको बाढीले खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोड जनसंख्या रहेको अफगानिस्तानमा ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन् ।

अफगानिस्तानको मौसम विभागले देशका सबै प्रान्तहरूमा थप वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। अफगानिस्तानमा गत वर्ष लामो खडेरी परेपछि भारी वर्षा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार