दाङमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८१ जेष्ठ ६, आईतवार

तुलसीपुर : दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो । उनी साथीहरू मिलेर नुहाउन गएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डुबेर मृत्यु भएको अवस्थामा निकालेको थियो । उनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार