काठमाडौंसहित तराईमा फेरि बढ्यो तापक्रम, सबैभन्दा धेरै गर्मी धनगढीमा

२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ : मौसम पूर्वानुमा महाशाखाले काठमाडौं उपत्यकासहित देशका तराई भू–भागमा तापक्रम बढ्दै गएकाले गर्मीबाट जोगिन आग्रह गरेको छ। महाशाखाले आइतवार सूचना जारी गर्दै तराईका भू–भागमा तापक्रम बढ्ने हुँदा तातो हावा चल्ने र लु लाग्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको थियो।

महाशाखाका अनुसार आइतवार धनगढीको तापक्रम सबैभन्दा धेरै ४२.२ डिग्री सेल्यिस मापन गरिएको थियो भने विरेन्द्र नगरको ४०.४, दिपायलको ४०.२, घोराहीको ३९.३, भैरहवाको ३८.२ डिग्री सेल्यिस तापक्रम मापन गरिएको थियो।

आज पनि सोही अनुपातमा तापक्रम कायम रहन सक्ने भएकाले महाशाखाले सम्भावित जोखिमबाट बच्न आग्रह गरेको हो। यस्तै, काठमाडौं उपत्यकामा पनि तापक्रम निरन्तर बढिरहेको महशाखाले जनाएको छ। आइतवार काठमाडौंको तापक्रम ३३.८ डिग्री सेल्यिस मापन गरिएको महाशाखाले जनाएको छ। बिहानै चर्को घाम लाग्ने र पानी पर्ने सम्भावना नरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा गर्मी बढेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार