नेपाली क्रिकेटमा विश्लेषकहरू बढी भए : पारस खड्का

२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसीसी टी–२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन्। सोमबार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले नेपाल १० वर्षको अन्तरालपछि टी–२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए।

‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी २० विश्वकप खेलिरहेका छौँ। तीन वटा म्याच बाँकी छ। फस्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरूको वृद्धि भएको छ,’ उनले भने।

अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने उनले बताए। नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताउँदै उनले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे। नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह समेत उनले गरेका छन्।

‘नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ। तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो। धेरै मान्छेहरुको सहयोगले यो स्थितिसम्म आएको छ,’ खड्काले भने, ‘आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ। नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दैछ। खेलाडीहरूले जिउ ज्यान लगाएर गर्नुभएको छ। क्यानले जे गर्नसक्थ्यो। त्यो गरेको छ। हामी सकारात्मक सोचका साथ अघि बढौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार