शिक्षकको डिएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्रो छैन : देवेन्द्र पौडेल

२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौं : सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसदसमेत रहेका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकको अनावश्यक रूपमा डिएनए परीक्षण गर्दै हिँड्ने कुरा ट्रेड युनियन अधिकार विपरीत हुने बताएका छन्।

आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि मंगलबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै पौडेलले विद्यालय समयमा शिक्षकले पठनपाठनमा ध्यान दिएको छ कि छैन भन्ने ध्यान दिनुपर्ने बताए। सरकारले नीति तथा कार्यक्रममै शिक्षकलाई राजनीतिक दलको सदस्यता नदिन कानुनी व्यवस्था गर्ने विषय समेटेको थियो।

‘भौतिक पूर्वाधारमा सुधार, शिक्षण सिकाइमा सुधार र कानुनी सुधारमा ध्यान दिए विद्यालय सुधार हुन्छ,’ शिक्षा मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै उनले भने, ‘मन्त्रालयको मुख्य काम भनेको शिक्षकलाई खुसी बनाउने र विद्यालयमा पुर्‍याउने हो। तालिम दिएर सक्षम बनाएर विद्यालय पठाउने हो।’उनले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग पनि गरेका छन्।

उनले राष्ट्रपति शैक्षिक सुधारजस्ता कार्यक्रमबाट धेरै ठाउँमा विद्यालय बनेको भन्दै उनले त्यो कार्यक्रम नै खारेज गर्ने कुरा राम्रो नलागेको पनि बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार