सुन्दर छाला र तौल घटाउनका लागि कफी

२०८३ श्रावण ५, मंगलवार

काठमाडौँ : बिहान एक कप तातो कफीले आलस्यबाट छुटकारा त दिन्छ नै यसले दिन भरको लागि ऊर्जा पनि दिन्छ ।

के तपाईंलाई थाहा छ कि कफी पाउडर पेय पदार्थको रूपमा मात्र होइन तर सुन्दरता बढाउन पनि फाइदाजनक छ ? कफीमा पाइने एन्टिअक्सिडेन्ट र प्राकृतिक गुणहरूले छाला र कपालको हेरचाहमा मद्दत गर्न सक्छ ।

१. प्राकृतिक स्क्रबको रूपमा प्रयोग

कफी पाउडरले मृत छालाका कोषहरू हटाउन मद्दत गर्दछ । यसका लागि एक चम्चा कफी पाउडरमा थोरै दही वा मह मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई हल्का मसाज गरेर आफ्नो अनुहारमा लगाउनुहोस् र केही मिनेट पछि धुनुहोस् । यसले तपाईंको छालालाई सफा र नरम महसुस गराउन सक्छ।

२. अनुहारमा प्राकृतिक चमक ल्याउन

यदि तपाईंको छाला डल र थकित देखिन्छ भने कफीको फेस प्याक फाइदाजनक हुन सक्छ । दूध र थोरै बेसनमा कफी पाउडर मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई १५ मिनेटको लागि आफ्नो अनुहारमा लगाउनुहोस् र त्यसपछि सादा पानीले मुख धुनुहोस् । यसको नियमित प्रयोगले तपाईंको छालालाई चम्किलो बनाउन मद्दत गर्न सक्छ ।

३. तौल घटाउन

कफीमा म्याग्नेशियम र पोटाशियम पाइन्छ । यसले मोटोपनलाई नियन्त्रणमा राख्छ । कफीको सेवनले मुटु रोगीका लागि फायदा पुर्याउँछ । कफीले हर्ट स्ट्रोकको खतराबाट पनि बचाउँछ ।

४. डार्क सर्कल कम गर्न उपयोगी

राति अबेर सम्म ननिदाइकन बस्दा वा तनावका कारण आँखामा डार्क सर्कल आउन सक्छ । कफीमा रहेको क्याफिनले छालालाई ताजा बनाउन मद्दत गर्न सक्छ । एक चम्चा कफी पाउडरलाई केही थोपा नरिवलको तेलमा मिसाउनुहोस् र आँखा मुनि बिस्तारै लगाउनुहोस् । केही मिनेट पछि यसलाई पानीले सफा गर्नुहोस् ।

५. कपालको चमक बढाउने सजिलो तरिका

कफी पाउडरले तपाईंको कपाललाई प्राकृतिक चमक दिन पनि मद्दत गर्दछ । कपाल धोएपछि, कफी मिसाइएको पानीले अन्तिम पटक कपाललाई पखाल्दा कपाल चम्किलो र नरम हुन्छ । यो उपाय कपालको सुख्खापन कम गर्न पनि उपयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार