सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ भाद्र १८, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ८० रूपैयाँ कायम भएकोमा आज १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार