काठमाडौँ : बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ ।






