बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

२०८३ आश्विन २, शुक्रबार

काठमाडौँ : बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । चौबीस वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आइसिसी यु–१९ विश्वकप विजेता टोलीका कप्तान हुन् ।

दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बङ्गलादेशले उपाधि जित्दा अकबरले अविजित ४३ रन बनाएका थिए । उक्त खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार