चलचित्र ‘कबड्डी ५’को फर्स्टलुक पोस्टर सार्वजनिक

२०८३ आश्विन ३, शनिबार

काठमाडौं : चलचित्र ‘कबड्डी’को पाँचौँ शृंखला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को प्रदर्शन मिति तय भएको छ । कात्तिक ६ गतेदेखि यो चलचित्र प्रदर्शन हुने भएको छ ।

शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धी तामाङ) अटाएका छन् । उनीहरू क्यारेक्टर लुक्समा छन् ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङको लेखन तथा निर्देशन छ । चलचित्रमा दयाहाङ, विजय, बुद्धिसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्कीलगायतको अभिनय छ ।

निर्देशक गुरुङसहित सिनेमामा मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ । सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारवटै शृंखला बक्सअफिसमा ब्लकबस्टर बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार