बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामले एनपीएल खेल्ने

२०८३ आश्विन ४, आईतवार

काठमाडौं : बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन् । बंगलादेशी समाचार संस्था टी–स्पोर्ट्स का अनुसार २१ वर्षीय अरिफुलले एनपीएल खेल्ने निश्चित भएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने औपचारिक घोषणा भने हुन बाँकी छ ।

सामाजिक सञ्जालमा भने अरिफुल कर्णाली याक्सबाट खेल्ने चर्चा चलिरहेको छ । कर्णालीले यसअघि बंगलादेशका यू–१९ विश्वकप विजेता कप्तान अकबर अलीलाई पनि अनुबन्ध गरिसकेको छ। दायाँहाते ब्याटर अरिफुलले अझै बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । उनले टी–२० क्रिकेटमा १७ खेल खेल्दै ४२७ रन बनाएका छन् ।

एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशबाट यसअघि शाकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्ध भइसकेका छन् । अस्ट्रेलियाका डेभिड वार्नर, श्रीलंकाका चरिथ असलंका, जिम्बाबेका सिकन्दर राजा लगायत अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू पनि नेपाल आउने पक्का भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार