फिल्म ‘चमेलीको पोई’ को ट्रेलर सार्वजनिक

२०८३ आश्विन ५, सोमबार

काठमाडौँ : फिल्म ‘चमेलीको पोई’ को ट्रेलर सार्वजनिक गरिएको छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनमा आउने उतारचढाव, विश्वासघात र मानवीय सम्बन्धका बान्कीहरू प्रस्तुत गरिएको छ। यो फिल्म असोज १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई (फुलेन्देकी आमा), अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनिता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायण लगायतको अभिनय छ।

सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्।

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह-निर्माता रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी अनि कुमार महर्जनको द्वन्द्व निर्देशन छ। फिल्मलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार