काठमाडौँ : कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका– ९ का ४५ वर्षीय नविन चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आइतबार साँझ पक्राउ गरी अनुसन्धान भइरहेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।








