राष्ट्रिय सभा अध्यक्ष चुनावका कारण गठबन्धन चाँडो फेर्नुपर्‍यो : प्रधानमन्त्री दाहाल

२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताएका छन् । माओवादी संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताएका हुन् ।

कांग्रेसको महासमिति बैठकले राजनीतिक गठबन्धन फेर्नुपर्ने कुरालाई जोड दिएको बताएका दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनले थप दबाब पुगेको सांसदहरूलाई बताएका हुन् । ‘प्रधानमन्त्रीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कारणले यो निर्णय चाँडै लिन दबाब पर्‍यो भन्नुभयो,’ माओवादीका एक सांसदले भने ।

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन फागुन २९ मा गर्ने तयारी भइरहेको छ । त्यसमा सत्तारूढ गठबन्धनबाट माओवादीले उम्मेदवारी दिने सहमति भएको छ । नयाँ सत्तारूढ गठबन्धनमा माओवादीसँगै एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी छन् । त्यस्तै, कांग्रेस महासमिति बैठकले सत्ता गठबन्धनलाई गम्भीर परिस्थितिमा पुर्‍याएको दाहालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार