पहिचान नखुलेको शवको दाहसंस्कार

२०८० मंसिर १७, आईतवार

रुकुमपश्चिम : रुकुमपश्चिममा पहिचान नखुलेको एक शवको दाहसंस्कार गरिएको छ । मङ्सिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा भेटिएको शव आज आइतबार दाहसंस्कार गरिएको हो ।

मुसीकोट नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक उमेश केसीका अनुसार एक पुरुषको शव भेटिएको सात दिनसम्म पनि पहिचान नखुलेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मुसीकोट नगरपालिका –३ मुग्लुखोलामा शवको दाहसंस्कार गरिएको हो । उक्त शव सानीभेरी नदीको किनारमा नग्न अवस्थामा फेला परेको थियो । नेपाल प्रहरी र नगर प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवको दाहसंस्कार गरेको छ । उक्त शव करिब ५ फिट उचाइ र अन्दाजी ३५ देखि ४० वर्ष उमेरको रहेको प्रहरीको भनाइ छ ।

पहिचान नखुलेको र शव सडेर गन्हाउन थालेपछि आज दाहसंस्कार गरिएको नगर प्रहरी सहायक निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार