साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

२०८१ बैशाख ४, मंगलवार

पोखरा : साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने पारिवारिक निकटले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार