तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

२०८१ श्रावण १२, शनिबार

बुटवल : रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।

खत्रीको शव नदी छेउमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए ।

नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार