महेश बस्नेत विरुद्धको जाहेरी तामेलीमा

२०८१ बैशाख ५, बुधबार

काठमाडौँ : जिल्ला सरकारी वकिलको कार्यालयले एमाले नेता महेश बस्नेत विरुद्धको बलात्कार सम्बन्धी जाहेरी तामेलीमा पठाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले एमाले नेता बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि निर्णयका लागि सरकारी वकिल कार्यालय पठाएको थियो। उक्त निर्णयपछि प्रहरीले अब अनुसन्धान ‍गर्नै नपर्ने भएको छ।

प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको पाइएको भन्दै जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँलाई सिफारिस गरेको थियो।

सरकारी वकिल कार्यालयका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ।

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा जाहेरी दिएकी थिइन्। सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार