१३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो

२०८१ श्रावण १२, शनिबार

एजेन्सी : भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ।

बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे। भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्। नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार