भारतको छत्तीसगढमा २९ माओवादीको मृत्यु

२०८१ बैशाख ५, बुधबार

नयाँ दिल्ली : माओवादी प्रभावित छत्तीसगढको काङ्केरमा भएको भिडन्तमा २९ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । यस भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो काँकेरको छोटाबेटिया क्षेत्रमा सन्दिग्ध माओवादीहरूसँग भिडन्त भएको थियो । भारतमा १९ अप्रिलमा बस्तरमा लोकसभाका लागि मतदान हुन लागेको छ । माओवादीहरूले उक्त निर्वाचन बहिष्कार गर्न अपिल गरिरहेकै समयमा मुठभेडको यो घटना भएको हो ।

मंगलबार दिउँसो काङ्केरको छोटाबेटिया क्षेत्रमा भएको भिडन्तपछि मुठभेड स्थलबाट २९ माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार