सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक नेपाली बजारमा

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक लञ्च गरेको छ । नेपालका लागि सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले इलेक्ट्रिक स्कुटर र बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

 

यूरोप र एशियाली देशमा अत्यधिक रुचाईएको सीएफ मोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडल र जीहोका एई६ प्लस तथा एई६ प्लस लङ्ग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सीटी स्पोट्र्स इलेक्ट्रिक बाइक ऋषि ट्रेड सेन्टरले नेपालीमा बजारमा ल्याएको हो । सन् १९८९ मा स्थापित सीएफ मोटोका १ सय देश र ३ हजार बढी बिक्री तथा बिक्रीपश्चात् सेवा प्रदान गर्ने थ्रीएस सोरूम छन् । विश्व प्रतिष्ठित सीएफ मोटो ब्राण्डले इलेक्ट्रिक उद्योगमा आफ्नो सेवा विस्तार गरेसँगै छोटो समयमै बलियो उपस्थिती जनाउन सफल भएको छ ।नेपालमा रिलायन्स ग्रुपले वितरकको पूर्ण जिम्मेवारी लिएसँगै सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरले आक्रामक व्यवसाय गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

रिलायन्स ग्रुपका डाइरेक्टर ऋषि अग्रवाल आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको बताउँछन् । बाइक तथा स्कुटर पारखीहरूलाई दुवै प्रकारको साधनको साथै सेवालाई फराकिलो रुपमा विस्तार गर्ने उनले बताए । आन्तरिक र बाह्रय पर्यटनमा बाइकको विशेष योगदान रहने र इलेक्ट्रिक मोबिलिटी मार्फत स्वच्छ वतावरणमा टेवा पुग्ने उनको भनाइ छ । कम्पनीले सीएफ मोटोका एमटी४५० र एनके३०० जस्ता उच्च क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लञ्च गर्ने योजना रहेको घोषणा गरेको छ । आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको अग्रवालले बताए ।

कति पर्छ मूल्य ?
सीएफ मोटोका बाइकहरू २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९ सय रुपैयाँ, ४५० एनकेको ११ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, जीहोका एई६ प्लसको ३ लाख ४४ हजार ९ सय रुपैयाँ, एई६ प्लस लङ्ग रेन्जको ३ लाख ९४ हजार ९ सय रुपैयाँ, सीटी स्पोट्र्स इलेक्ट्रिक बाइकको लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ ।

रिलायन्स ग्रुपले सामाजिक उत्तर दायित्वको लक्ष्य प्राप्ति गर्न ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई सीएफ मोटो र जीहो ब्राण्डका स्कुटर समेत सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार