नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

२०८१ श्रावण ११, शुक्रबार

काठमाडौँ : नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ ।

 

सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनसेलका प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले हस्ताक्षर गरेका छन्  ।

सो अवसरमा नबिल बैंकका सीईओ ढुंगानाले भने, ‘यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने विशवास लिएको छु ।’ उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए । त्यस्तै, एनसेलका सीईओ केयोमोवले भने, ‘नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गरिनेछ ।अब एनसेलका ग्राहकहरूले नबिल बैंकको पीओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीनवटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

‘नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । यस बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा समयसापेक्ष नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार