युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त

२०८३ श्रावण ६, बुधबार

काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनिष पाण्डे नियुक्त भएका छन् ।

उनलाई साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीमा प्रबन्ध सञ्चालक नरहेकाले कम्पनीको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव नारायणप्रसाद आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार