काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ७० रूपैयाँ कायम भएकोमा आज १ सय १० रुपैयाँले बढेर ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ ।





