३ कम्पनीका लगानीकर्ताले गरे ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी

२०८१ बैशाख २६, बुधबार

काठमाडौँ : सेयरबजार फेरि सुस्ताएको छ।

बुधबार बजार शून्य दशमलव २१ अंकले घटेर १९६०.६० विन्दुमा रोकिएको हो। योसँगै बजारमा २ अर्ब ५४ करोडको सेयर किनबेच भएको छ। ५८ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

आज १२४ कम्पनीको सेयर बढ्दा १०७ वटाको घटेको र १२ वटाको पुरानै मूल्यमा कारोबार भएको छ।

बजारमा तीनवटा कम्पनीका लगानीकर्ताले मात्रै ९ प्रतिशत माथि प्रतिसेयर आम्दानी गरेका छन्। इन्फिनिटी लघुवित्त, डोल्टी पावर र समता घरेलु लघुवित्तको सेयर क्रमशः ९.९९, ९.७४ र ९.६७ प्रतिशतले बढेको हो।

बाँकी लगानीकर्ताले यसभन्दा न्यून प्रतिसेयर आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुमारी सबल योजनाको सर्वाधिक १० प्रतिशत गिरावट आएको छ। सर्वाधिक कारोबारमा भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त अगाडि छ। कम्पनीको १० करोड ६० लाखको कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार