ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु

२०८१ बैशाख २७, बिहीबार

ललितपुर : ललितपुरको गोदावरीमा बसबाट खसेर बालिकाको मृत्यु भएको छ। बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्। उनी महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी हुन्। दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार