माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग

२०८१ बैशाख २७, बिहीबार

काठमाडौं : माछापुच्छ्रे बैंक लि. को धादिङ जिल्ला स्थित सिम्ले शाखाले धादिङवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसंग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार