राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि २० जनाको आवेदन, को को छन् ?

२०८१ बैशाख २७, बिहीबार

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न २० जनाले आवेदन बुझाएका छन्।

आवेदन बुझाउनेमा रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल (छतकुली), नरेशराज अर्याल, पवन रेग्मी, विष्णुदेव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्र रमण खनाल छन्। त्यसैगरी दीर्घबहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले सीईओ बन्ने इच्छा देखाएका छन्।

यहि वैशाख ७ गते राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि आवेदन खुलेको थियो । किरण कुमार श्रेष्ठको कार्याकाल सीईओ खाली छ। आवेदन दिन चाहनेको योग्यता समेत तोकिएको छ। जसमा व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ।

शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार