जसपा विभाजनपछिको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अनुपस्थित भएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा अनुपस्थित रहे ।

काठमाडौं उपत्यका भित्रै भएर पनि सिंहदरबारमा बिहिबार बसेको बैठकमा मन्त्री यादव अनुपस्थित रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

पार्टी विभाजनपछि पार्टी कार्यालयमा भेटघाटका लागि नेता तथा कार्यकर्ता धैरै भएका कारण मन्त्रिपरिषद् बैठकमा सहभागी हुन नसकेकेको राष्ट्रिय सभा सदस्यसमेत रहेका जनता समाजवादी पाटीं (जसपा)का कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।

आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार