![](https://hamrodes.com/wp-content/uploads/2024/05/pakrau.jpg)
काठमाडौं : काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।