सानिमा रिलायन्सको खुद नाफा ९३ प्रतिशतले बढ्यो

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौं : सानिमा  रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९२.९३ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा १५ करोड ८० लाख रहेको थियो । कम्पनीको प्रति शेयर आम्दानी ९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६ गुणा, नेट वर्थ १२६.९९ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ४७६.१९ रुपैयाँ रहेको छ ।

४ अर्ब १८ करोड ४० हजार चुँक्ता पूँजी रहेको कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८६ करोड र अल्पकालिन रपमा ६ अर्ब ३४ करोड २४ लाख रुपैयाँ लगानी गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार