बिहे गरेको १२ दिनपछि जब बेहुली पुरुष भएको खुलासा भयो…

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : इन्डोनेसियामा बिहे गरेर गएको १२ दिनपछि बेहुली पुरुष भएको खुलासा भएको छ। एके नाम गरेका ती २६ वर्षीय पुरुषले गत हप्ता प्रहरीलाई फोन गरी मौखिक उजुरी गरेपछि उक्त घटना सार्वजनिक भएको हो।

उनले प्रहरीलाई आफूले १२ दिनअघि बिहे गरेर भित्र्याएकी बेहुली युवतीको भेषमा पुरुष भएको पाइएको बताए। उनका अनुसार एकेले ती बेहुलीलाई इन्टरनेटमा भेटेका थिए। दुवैलाई एक अर्का मन परेपछि उनीहरूले प्रत्यक्ष भेटघाट गरे। देख्नासाथ युवकलाई महिलाको भेषमा रहेका ती ‘युवती’को प्रेममा परे।

दुई/चारपटक भेटेपछि उनले बिहेको प्रस्ताव राखे। उनले केटी ठानेका ती व्यक्तिका केही व्यवहार शंकास्पद लागे पनि उनी पुरुष भएको भने एकेले कल्पनै गरेका थिएनन्। आफ्नो नाम अदिन्दा कान्जा अजाहरा बताएकी प्रेमिकाले आफ्नो मुहार सधैँ बुर्काले ढाकिरहने भएकाले युवकले खासै चासो दिएनन्।

एकेले राखेको बिहेको प्रस्तावमा अदिन्दा राजी भइन्। आफ्ना आमाको मृत्यु भएको र पिता नभएको भन्दै अदिन्दाले धर्म गुरुको उपस्थितिमा वालगुजाया गाउँस्थित एकेको घरमा एकेसँग बिहे गरिन्।

बिहेपछि पनि बेहुलीले आफ्नो अनुहार श्रीमान्‌लाई देखाइनन्। घरपरिवार र छिमेकीसँग घुलमिल पनि गरिनन्। यसपछि एकेले बेहुलीको चालचलनबारे परिवारसँग गुनासो गरे। अनि परिवारले चियोचर्चा सुरु गरेपछि दुलही त युवती नभएर युवक भएको खुलासा भयो।

एकेको परिवारले बेहुलीको वास्तविकता प्रहरीलाई बताएपछि बेहुलाको पैसा कुम्ल्याउन ती युवकले युवतीको भेषमा बिहे गरेको खुलेको छ। मेकअप गर्दा केटा हो कि केटी भनेर छुट्याउनै नसक्ने अनुहार भएकाले पनि एके झुक्किएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार