माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले दाबी अनुसार उक्त बिमा रकम हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी शोभालाई हस्तान्तरण गरेको हो ।

बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार