रोकिराखेको क्रेनमा कार ठोक्किँदा चालकको मृत्यु

२०८१ बैशाख ३१, सोमबार

रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको क्रेनमा कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

ना.१ क ४३६४ नम्बरको क्रेनमा बा.१५ च ६४०७ नम्बरको कार ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कार चालक बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार