![](https://hamrodes.com/wp-content/uploads/2023/06/paisa-money.png)
काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।