सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। आज दिउँसो संघीय संसद्को बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। याे बैठकले संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहानै बालुवाटारमा कांग्रेसका नेतासँग छलफल गरेका थिए। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।

छानबिन समिति नबन्दासम्म संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार