यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज १० रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार