पतिले इन्स्टाग्राम चलाउन नदिँदा पत्नीले गरिन् आत्महत्या

२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौँ : भारतको उत्तर प्रदेशस्थित नोएडामा एउटा अनौठो तर दुःखद घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ एक महिलाले पतिले इन्स्टाग्राम चलाउन नदिएको रिसमा सोमबार आत्महत्या गरेकी हुन्।

घटना विवरणअनुसार दुई सन्तानकी आमा ती महिलालाई उनका पतिले इन्स्टाग्राम चलाउन निषेध गरेका थिए, जसका कारण उनी रिसाएकी थिइन्। दुवैबीच निकै झगडा भएको थियो। यसपछि आक्रोशित महिलाले घरको पंखामा झुन्डिएर आत्महत्या गरिन्।

नोएडा प्रहरीका प्रवक्ताका अनुसार, ‘सोमबार (जुन १० तारिख) इन्स्टाग्राम प्रयोग गरेको विषयमा महिला र उनका पतिबीच झगडा भएको थियो। झगडाको केही समयपछि महिलाले घरको एउटा कोठामा पंखामा झुन्डिएर आत्महत्या गरिन्।’

प्रहरीले महिलाको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतक महिलाको परिवार नोएडाको सेक्टर-३९ थाना क्षेत्रको सदरपुर कालोनीमा बस्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार