घुस लिएको आरोपमा अदालतका डिट्ठा पक्राउ

२०८२ चैत्र १७, मंगलवार

काठमाडौं : जिल्ला अदालत रौतहटमा कार्यरत डिट्ठा लवकुमार सिंह घुस लिएको आरोपमा अदालत परिसरबाटै पक्राउ परेका छन्।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा सिंहलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सिंहले अदालतको फैसलाबमोजिम दाखिल खारेज (दा.खा) पुर्जी गरी जग्गा फुकुवा गराई दिएबापत सेवाग्राहीसँग घुस लिएको बताइएको छ। मंगलबार दिउँसो पौने ४ बजे पक्राउ परेका उनको साथबाट घुस रकमसहित एक थान मोबाइल बरामद गरेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0