सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

२०८२ चैत्र १७, मंगलवार

किमाथाङ्का : सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिए । आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो । सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सदरमुकामदेखि ४० किलोमिटर दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार