काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ९ सय ८५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ६ हजार २० रूपैयाँ कायम भएको छ ।










