सानिमा रिलायन्स लाइफकी एजेन्सी म्यानेजर भेषु कुमारी श्रेष्ठको प्रेरणादायी यात्रा

२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं : निरन्तर संघर्ष नै सफल जीवनका प्रमुख कलामध्ये एक हो।

आँट, विश्वास र मेहनतका अगाडि केही पनि असम्भव हुँदैन भन्ने भनाइलाई चरितार्थ गर्दै अघि बढेकी छिन् भेषु कुमारी श्रेष्ठ। उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी उत्कृष्ट एजेन्सी म्यानेजरका रूपमा परिचित छिन्।

मिठो बोली, नम्र व्यवहार र वित्तीय क्षेत्रको गहिरो ज्ञान उनका विशेषता हुन्। सहकारी क्षेत्रमा दशकौँ काम गरेको अनुभव बोकेकी श्रेष्ठले सानिमा रिलायन्स लाइफमा आबद्ध भएको सुरुआती समयदेखि नै उल्लेखनीय प्रगति गरिन्। सुरुमा बीमा अभिकर्ता बन्ने निर्णय गर्दा सफल भइएला कि नहोला भन्ने द्विविधा थियो, तर त्योभन्दा ठूलो उनको आत्मविश्वास र दृढता थियो। त्यही दृढताले उनलाई कम्पनीको अग्रणी एजेन्सी म्यानेजर बनाएको छ।

देशको जटिल आर्थिक अवस्थामा धेरै अभिकर्ताले एकपटक पनि एमडीआरटी लक्ष्य हासिल गर्न नसकिरहेका बेला उनले तीन पटकसम्म एमडीआरटी लक्ष्य पूरा गरेकी छिन्। कम्पनीले सञ्चालन गरेका विभिन्न तालिम, मोटिभेशनल कार्यक्रम तथा पुनर्ताजगी कार्यक्रममा उनी सक्रिय रूपमा सहभागी हुँदै आएकी छिन्।

रामेछापमा जन्मिएकी श्रेष्ठ हाल सल्लाघारी शाखा कार्यालयमा कार्यरत छिन्। २०७६ सालमा औपचारिक रूपमा (तत्कालीन सानिमा) लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा यात्रा सुरु गरेकी उनले सुरुमा बीमाबारे सीमित ज्ञान रहेको स्वीकार्छिन्। सहकारीमा राम्रो आम्दानी हुँदाहुँदै पनि नयाँ क्षेत्रमा अघि बढ्ने साहस गरेकी थिइन्।

उनका अनुसार अभिकर्ता पेशामा स्पष्ट लक्ष्य आवश्यक हुन्छ। बजारमा बीमाबारे सकारात्मक र नकारात्मक दुवै धारणा रहेको उल्लेख गर्दै उनी ग्राहकलाई बीमापोलिसीका शर्त स्पष्ट रूपमा बुझाएर मात्र बीमा गराउने बताउँछिन्। “आजको सानो बचतले भोलिको ठूलो जोखिमबाट जोगाउँछ,” भन्ने विश्वासका साथ उनी अघि बढिरहेकी छिन्।

इमान्दारी, धैर्यता र निरन्तर सिकाइ नै उनको सफलताको आधार बनेको छ। भविष्यमा पनि अभिकर्ता पेशालाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार