देशको भविष्यमाथि खेलवाड नगर्न विष्णु रिजालको आग्रह

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं : नेकपा एमालेका नेता विष्णु रिजालले देशको भविष्यमाथि खेलवाड नगर्न सबैलाई आग्रह गरेका छन्।

निरपेक्ष नयाँ र पुरानोका भाष्य असैद्धान्तिक र अराजनीतिक कुरा भएको भन्दै उनले उक्त आग्रह गरेका हुन्। रिजालले लोकतन्त्रमा पार्टी खोल्ने, चुनाव लड्ने र जित्ने स्वतन्त्रता सबैलाई हुने बताउँदै अहिले अरूलाई पुराना भन्नेहरू आफैँ अघिल्लो चुनावको तुलनामा पुराना भइसकेको र अर्को चुनावमा झन् पुराना हुने जिकिर गरे।

‘सोचौँ, गम्भीर भएर सोचौँ! निरपेक्ष नयाँ र पुरानोका भाष्य असैद्धान्तिक र अराजनीतिक कुरा हो,’ सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘लोकतन्त्रमा पार्टी खोल्ने, चुनाव लड्ने र जित्ने स्वतन्त्रता सबैलाई छ। तर, अहिले अरूलाई पुराना भन्नेहरु आफैँ अघिल्लो चुनावको तुलनामा पुराना भइसकेका छन्, अर्को चुनावमा झन् पुराना हुन्छन्।’

जसरी देश पुरानो भयो भनेर बदल्न सकिन्न, बा–आमा पुराना भए भनेर अपमान गर्न सकिन्न, त्यसैगरी दल पनि पुराना भए भनेर बदल्न नसकिने भने तापनि उनले हरेक दलले आफूलाई अद्यावधिक गर्नैपर्ने र नयाँ पुस्ताको भावना र प्रतिनिधित्वलाई सुनिश्चित गर्नै पर्ने बताए।

साथै रिजालले प्यास लाग्यो भन्दैमा फोहोर पानी पियो भने आफ्नै स्वास्थ्यलाई क्षति हुने भनाइ राखे। ‘जसरी देश पुरानो भयो भनेर बदल्न सकिन्न, बा–आमा पुराना भए भनेर अपमान गर्न सकिन्न, त्यसैगरी दल पनि पुराना भए भनेर बदल्न सकिन्न। यो सही कुरा हो– हरेक दलले आफूलाई अद्यावधिक गर्नैपर्छ र नयाँ पुस्ताको भावना र प्रतिनिधित्वलाई सुनिश्चित गनैपर्दछ। प्यास लाग्यो भन्दैमा फोहोर पानी पियो भने आफ्नै स्वास्थ्यलाई क्षति हुन्छ,’ उनले भने, ‘ख्याल गरौँ– देशको भविष्यमाथि खेलबाड नगरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार